Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको शाखाबाट रकम चोरीको प्रयास, स्थानीयले हल्ला गरेपछि रित्तै हात भाग्यो चोर !

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकको एक शाखामा रकम चोरीको प्रयास भएको छ । बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखामा सोमबार राति करिब १२ बजेतिर एक चोर बैंकको भवनभित्र प्रवेश गरेका थिए ।

तर, बैंकमा चोर पसेको भन्दै स्थानीयले हल्ला गरेपछि सो चोर त्यहाँबाट भागेको थियो । पछि प्रहरी आएर हेर्दा बैंकको कुनै पनि रकम चोरी नभएको पाइएको छ । स्थानीयले हल्लाखल्ला गरेपछि सो चोर भागेको बैंकको सीसीटिभीमा देख्न सकिन्छ ।

अहिले प्रहरीले सो चोरको खोजी गरिरहेको छ । चोरले मुख्य गेट भने फोडेको पाइएको छ । बैंकमा चोर पसेको र भागेको दुवै तस्विर सामाजिक संजालमा छताछुल्ल भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK