×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : काठमाडौंका दुई वडामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

LAXMI SUNRISE BANK

कोरोना त्रास : काठमाडौंका दुई वडामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ । सोमबार (आज) बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर १२ र २१ मा अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ । दुवै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गरेर अत्यावश्यकीय बाहेकका सेवा बन्द गर्नु परेको जानकारी गराइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी