काठमाडौँ । सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनले आजै (सोमबार) पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।
खरेल निकट स्रोतका अनुसार उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुने तयारीमा छन् । सोही कारण उनले पदबाट राजीनामा दिने भएका छन् ।
यसअघि खरेलले आइतबार पत्रकार सम्मेलनमा चुनाव लड्ने/नलड्ने विषयमा कुनै निर्णय नगरेको बताएका थिए । तर, उनले पत्रकारहरुसँग ‘सो विषयमा अर्को नियमित पत्रकार सम्मेलनमा भनौँला’ भनेका थिए ।
खरेल ललितपुर-२ बाट चुनाव लड्ने चर्चा छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा होमिने तयारीमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्