Skip to content
LAXMI SUNRISE BANK

शिखर पावर डेभलपमेन्टको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्कासन गरेको हो । 

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

अनुमति पाएको कुल सेयरमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता सेयर स्थानीयका लागि निष्कासन गरेको छ ।

उक्त सेयरमा बागलुङको बडिगाड गाउँपालिका-१ देखि १० सम्मका सबै वडा र ढोरपाटन नगरपालिका-२ का स्थानीयले आवेदन दिन सक्नेछन् । त्यस्तै, कम्पनीले २ करोड २२ लाख मूल्य बराबरको २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । उक्त आइपिओमा माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीयको हकमा छिटोमा माघ २० र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीले आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालबाट इक्राएनपी एस्यूअर रेडिङ डबल बी पाएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK