- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ३१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा बिहान १० बजे हुने भएको हो । कम्पनीका अनुसार सभा भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ भने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डासमेत रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरेको छ ।