Skip to content
LAXMI SUNRISE BANK

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने !

अर्थ सरोकार

काठमाडौँ । पिपुल्स हाइड्रोपावरले अपर हेवाखोला हाइड्रोको सेयर बेच्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा भएको हेवाखोलाको ५ लाख कित्ता सेयर बेच्ने निर्णय गरेको हो ।

एक सूचना जारी गर्दै पिपुल्स हाइड्रोले सेयर बिक्रीको उपयुक्तता र आवश्यकताको मूल्यांकन गरी दोस्रो बजारमा सेयर बिक्री गरिने उल्लेख गरेको छ ।

विद्युत् नियमन आयोगद्वारा जारी ‘विद्युत् सम्बन्धी कम्पनीहरूको सेयर सार्वजनिक निष्कासनसम्बन्धी पूर्वस्वीकृति तथा नियमन निर्देशिका, २०७८’ को दफा ११ अनुसार यो जानकारी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

प्रचलित नियामक व्यवस्थाअनुसार सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले उक्त विवरण सार्वजनिक गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK