
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले असारमा खेत रोप्नका लागि मध्यपुरथिमिका किसान परिवार धानको बीउ राख्ने गरेकोदेखि नववलरासी (बर्दघाट सुुस्ता पश्चिम) को सुनवल नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत कोभिड बिरामीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
असारमा खेत रोप्नका लागि मध्यपुरथिमिका किसान परिवार धानको बीउ राख्दै ।

नववलरासी (बर्दघाट सुुस्ता पश्चिम) को सुनवल नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत कोभिड बिरामी ।

गण्डकी प्रदेशको तनहुँ घिरिङ गाउँपालिका र लुम्बिनी प्रदेशको पाल्पा रामपुर जोड्न कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुल । पुल रु २७ करोडको लागतमा निर्माण भइरहेको छ ।

डोटी तथा कैलालीका कोरोना सङ्क्रमितका उपचारका लागि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाउनुभएको अक्सिजन तथा स्वास्थ्य सामग्री ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती आज मनाइँदै । विसं १९६९ जेठ ९ गते आजकै दिन ओखलढुंगामा उहाँको जन्म भएको थियो । विगत वर्षमा यहाँ विविध साहित्यिक कार्यक्रम गरेर मनाइने भए पनि यस वर्ष कोरोना कहरका कारण कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

केही दिनअघि हावाहुरीसहितको पानीले खरको छाना भएको घर भत्काएपछि घरबासविहीन बनेका दाङ, तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौर निवासी दलबहादुर साहुको परिवारलाई जस्तापाता सहयोग गर्दै वडाध्यक्ष वीरबहादुर बिक ।

बागलुङ नगरपालिका–१२ स्थित अमलाचौर, होम आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जानकारी लिँदै धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेललगायत बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मी ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका–४ जीतपुरस्थित काँडरमाइ थानमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मुक्तिका लागि पूजा र प्रार्थना गर्दै स्थानीयवासी महिला ।

कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको बेला सुनसान रहेको म्याग्दीको प धार्मिकस्थल गलेश्वरधाम ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्