Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरबाट मोटरसाइकल चोर पक्राउ, थप अनुसन्धान गरिँदै

अर्थ सरोकार

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा सूर्यविनायक नगरपालिका-८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । उनले बागमती प्रदेश ०२-०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका-४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका-२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

मोटरसाइकलसहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरी उपरीक्षक सुवेदीले सवारी साधन चोरीबाट बच्न सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न सबैलाई अनुरोध गरेका छन् । सवारी साधन खोजतलास तथा चोरी नियन्त्रण कार्य निरन्तर जारी रहे पनि सवारीधनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्नुपर्नेमा उनले जोड दिए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै सवारी साधनको विवरणसहित फोन गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK