काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको गोबरडिहा दाङ शाखाले माघ १९ गते गढवा गाउँपालिका वडा नं. ०३ का वडा सदस्य बिमल कुमार चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुति बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत हिक्मत ढकालले गरेका थिए । सो क्रममा आम्दानी, खर्च र बचतको व्यवस्थापन, कर्जाको महत्त्व लगायतका विषयमा सहभागीलाई प्रष्ट पारिएको थियो ।
उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा स्थानिय प्रहरी चौकीका प्रमुख बिष्णु प्रसाद पाण्डे लगायतका अन्य अतिथिहरुको पनि सकारात्मक सहभागीता रहेको थियो । सो कार्यक्रममा शाखा कार्यालय गोवरडिहा दाङ अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये वर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
करिब ३२ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १५१ कि सदस्य सारदा कुमारी चौधरीले गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्