Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १२.५८ अंकले घट्यो नेप्से परिसूचक, बजार २६८३.१५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १२. ५८ अंकले घटेर २६८३.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ५९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सन्भि इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK