Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा चोरको बिगबिगी, बाँसबारीबाट झण्डै साढे ७ लाखको धनमाल चोरी

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा चोरको बिगबिगी बढेको छ । पछिल्लो केही सातायता काठमाडौँमा दिनदाहाडै चोरीका घटना बढ्न थालेका हुन् ।

बिहीबार मात्र पनि काठमाडौँको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ । काठमाडौँ–३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट करिब ७ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपेर चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रावलको कोठाबाट नगद र गरगहना चोरी भएको छ ।

हाल प्रहरीले घटनाको अनुसन्धानसँगै चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK