Skip to content
LAXMI SUNRISE BANK

सुन र चाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २७० रुपैयाँले घटेर प्रतितोला ४७१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK