Skip to content
LAXMI SUNRISE BANK

बेथानचोकबाट यस्तो देखियो सूर्योदयको मनमोहक दृश्य (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका-३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट ३,०१२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य, खुला आकाशमा प्रस्ट देखिने हिमशृङ्खला र चारैतिर फैलिएको हरियालीले यहाँ आउने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।

बेथानचोक नारायणस्थान काभ्रेपलाञ्चोक जिल्लाकै उच्च स्थानमध्ये एक हो, जहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । प्रकृति प्रेमी, तथा साहसिक यात्रामा रुचि राख्नेहरूका लागि गजराम पर्वत एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।  बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK