काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरुको आवश्यकताको आधारमा बजेट फुकुवा गरिने बताएका छन् । राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनाहरुको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिएका छन् ।
वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनः सञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको अर्थमन्त्रीको भनाई छ । उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न समेत उल्लेख्य बजेट आवश्यक परेको बताएका छन् ।
चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजन हुँदा कतिपय आयोजनाको दायित्व सिर्जना भई भुक्तानी गर्न नसकिएको अवस्था रहेकाले पनि कतिपय योजनाको बजेट स्थगन गर्न परेको उनको भनाई छ ।
उनले तयारी नै नभएका, खरिद प्रक्रियामा नगएका, साना तथा टुक्रे आयोजना जसले तत्काल समष्टिगत अर्थतन्त्रमा लाभ दिन नसक्ने देखिएका आयोजनालाई स्थगन मात्रै गरिएको उनले स्पष्ट पारेका छन् । डिजाइन तथा स्टिमेट पूरा भइसकेका, टेन्डर प्रक्रियामा गएका वा क्रमागत आयोजना तथा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको अर्थमन्त्री खनालले बताएका छन् ।
उनका अनुसार सोही व्यवस्थाअनुसार हाल धेरै आयोजनाको रकम फुकुवा भई कार्यान्वयन सुरु हुने क्रममा रहेका छन् भने केही आयोजना सुरु भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्