Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ३३ करोड ६९ लाख नाफा

अर्थ सरोकार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २८.०३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशतले बढेको छ । त्यस्तै, कुल आम्दानी पनि ७.०९ प्रतिशतले बढेको छ । कम्पनीको खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशतले बढेको छ । 

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ११ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा छ भने मूल्य आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ । 

९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK