Skip to content
LAXMI SUNRISE BANK

बन्दीपुर केबलकारको नोक्सानी घट्यो, ईपीएस ऋणात्मक

अर्थ सरोकार

काठमाडौँ । बन्दीपुर केबलकारको नोक्सानी घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार केबलकारले ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा केबलकारले २ करोड ५९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढ्दा र खर्च घटेका कारण गत आर्थिक वर्षको तुलनामा नोक्सानी घटेको हो ।

प्रकाशित विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशतले बढेको छ भने कुल आम्दानी पनि ७८.४३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको कुल खर्च ८.१४ प्रतिशत र वित्तीय खर्च ३५.७६ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५३ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा छ । २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK