Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ५३४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK