Skip to content
LAXMI SUNRISE BANK

फागुन महिनाको आर्थिक राशिफल, कुन दिन सेयर बजारमा लगानी गर्ने ? कुन दिन नगर्ने ? (भिडियोसहित)

मंजिला पाण्डे

मेष राशि

मेष राशि भएका ९५  प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने ५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३ , ४ , ५ , १० , ११ , १३ , १५ , २२ र २५ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र सोमबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो राशि हुनेहरूका लागि फागुन २ , ९  र ३० गते अति अशुभ भएकाले विशेष ध्यान दिनु पर्ने देखिन्छ।

यो महिनामा मेष राशि हुनेहरूलाई सेतो र रातो रंग शुभ देखिन्छ भने कालो र निलो रंग अशुभ देखिन्छ। मेष राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा १, २ र ६ अंक शुभ देखिन्छ भने ५ , ७ र ९ अंक भने नराम्रो देखिन्छ। यो महिना आर्थिक रूपमा सकारात्मक देखिन्छ। बैंकिङ कारोबार, बचत, लगानी र ऋण व्यवस्थापनमा प्रगति हुने सम्भावना रहेको छ। तर, ५ प्रतिशत व्यक्तिहरूले खर्च र ऋणमा सावधानी अपनाउनु पर्ने देखिन्छ।

वृष राशि

वृष राशि भएका ९० प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने १० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ७ , १२ , १४ , २३ , २४ , २६ र २७ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो राशि हुनेहरूका लागि फागुन २ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृष राशि हुनेहरूलाई सेतो रंग शुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ।

वृष राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा १, ४ र ५ अंक शुभ देखिन्छ भने २, ३ र ९ अंक भने नराम्रो देखिन्छ। यो महिनामा बैंकिङ र वित्तीय पक्ष भने सकारात्मक देखिन्छ। तर १० प्रतिशत व्यक्तिहरूले खर्च नियन्त्रण र कागजी प्रक्रिया गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

मिथुन राशि

मिथुन राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ८ , १५ र २९ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने विचार पुराउनु होला, आइतबार भने सेयर बजार, व्यापार तथा नयाँ क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि फागुन ३  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा मिथुन राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। मिथुन राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा ४, ६  र ९  अंक शुभ देखिन्छ भने १, ५ र ८ अंक भने नराम्रो देखिन्छ। यो महिनामा ३० प्रतिशत व्यक्तिहरूले अनावश्यक खर्च, जोखिमपूर्ण लगानी र कर्जा व्यवस्थापनमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

कर्कट राशि

कर्कट राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ४ , ११ , १८ , २२ र २९ गतेसम्म  गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा मंगलबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि फागुन ९ र २३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कर्कट राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। कर्कट राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा २, ४  र ६  अंक शुभ देखिन्छ भने १, ३ र ७ अंक भने नराम्रो देखिन्छ।

सिंह राशि

सिंह राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ । यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ७ र २१ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो राशि हुनेहरूका लागि फागुन ८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा सिंह राशि हुनेहरूलाई पहेंलो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। सिंह राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा २, ३  र ५  अंक शुभ देखिन्छ भने १ र ९ अंक भने नराम्रो देखिन्छ।

कन्या राशि

कन्या राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २४ र २६  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो राशि हुनेहरूका लागि फागुन २ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कन्या राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। कन्या राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा १, ३  र ८ अंक शुभ देखिन्छ भने २, ४ र ५ अंक भने नराम्रो देखिन्छ।

तुला राशि

तुला राशि भएका ८० व्यक्तिहरूका लागि फागुन महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ।  यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २८ र २९  गते गर्न सक्नुहुनेछ। यो महिनामा आइतबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि फागुन ३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा तुला राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। तुला राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा ५, ६ र ७ अंक शुभ देखिन्छ भने १, ३ र ४ अंक भने नराम्रो देखिन्छ।

वृश्चिक राशि

वृश्चिक राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ४ , ११ र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि फागुन ७ र १४  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृश्चिक राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने पहेलों रंग अशुभ देखिन्छ। वृश्चिक राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा २, ५ र ६ अंक शुभ देखिन्छ भने १, ७ र ९ अंक भने नराम्रो देखिन्छ।

धनु राशि

धनु राशि भएका ८५ प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना राम्रो देखिन्छ भने १५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ३ , ७ , १४ ,  २१ , २२  र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा बुधबार भने कुनै पनि क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि फागुन २० र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा धनु राशि हुनेहरूलाई रातो र पहेंलो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। धनु राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा १ , २ र ५ अंक शुभ देखिन्छ भने ४, ७ र ९ अंक भने नराम्रो देखिन्छ।

मकर राशि

मकर राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ८ , ९ , १५ , १६ र २३  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अध्यन गरेर बुधबार गर्नुहोला । आइतबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि फागुन १० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मकर राशि हुनेहरूलाई हरियो, कालो र सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। मकर राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा ४, ६  र ७ अंक शुभ देखिन्छ भने १, ५ र ८ अंक भने नराम्रो देखिन्छ।

कुम्भ राशि

कुम्भ राशि भएका ६५ प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना राम्रो देखिन्छ भने ३५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ७ र ८ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा आइतबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि फागुन ३ र २४  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कुम्भ राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। कुम्भ राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा २ , ५ र ६  अंक शुभ देखिन्छ भने १, ३ र ४ अंक भने नराम्रो देखिन्छ।

मीन राशि

मीन राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ८ , ११ , १२ ,  २२ र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि फागुन ६ र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मीन राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। मीन राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा २ , ६ र ९ अंक शुभ देखिन्छ भने १, ४ र ७ अंक भने नराम्रो देखिन्छ।

आर्थिक राशिफल अर्थ सरोकार डटकममा  https://arthasarokar.com/rashifal/ हेर्न सकिन्छ । भिडियोसहित:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK