काठमाडौँ । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारी साधन हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले उक्त सवारी साधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत यो तेस्रो लट हो ।
काफ्लेका अनुसार पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा र तेस्रो लटमा २२३ वटा गाडी हस्तान्तरण गरिएको छ । बिहीबार हस्तान्तरण गरिएका सवारी साधनमध्ये ५० वटा गाडी नेपाली सेनाका लागि रहेका छन् ।
भारत सरकारले यी सवारी साधन अनुदान स्वरूप उपलब्ध गराएको हो । साथै, निर्वाचन सुरक्षासम्बन्धी प्रहरीका केही सामाग्रीहरू आइसकेका छन् भने बाँकी सामग्री आउने क्रम जारी रहेको सहसचिव काफ्लेले जानकारी दिएका छन् ।
उक्त सवारी साधनहरू मूलतः सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित निकायहरूलाई क्रमशः हस्तान्तरण गरिने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्