काठमाडौँ । बैंकहरुको ब्याजदर फेरि घटेको छ । फागुन महिनाका लागि २० मध्ये ९ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
अधिकांश बैंकहरुले ब्याजदर घटाएसँगै फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.११ प्रतिशतले घटेर ४.५७ प्रतिशत कायम भएको छ । माघमा बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ४.६८ प्रतिशत थियो ।
व्यक्तिगतसँगै फागुनमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । माघमा ३.३८ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको ब्याजदर फागुन महिनामा ३.३३ प्रतिशतमा झरेको छ ।
त्यस्तै, २० मध्ये ९ वाणिज्य बैंकले ब्याजदर घटाउँदा ११ बैंकले फागुन महिनामा ब्याजदर स्थिर राखेका छन् ।
बैंकहरुले फागुन महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ब्याजदर घटाएको कृषि विकास बैंकले ४.२५ प्रतिशत, एभरेष्ट बैंकले ३.५० प्रतिशत , नेपाल एसबीआई बैंकले २.७७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ३.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले २.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत, सिद्धार्थ बैंकले ३.५० प्रतिशत, सानिमा बैंकले ३.३० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३.५० प्रतिशत ब्याज दिनेछन् ।
त्यस्तै, फागुनमा नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएको छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्