Skip to content
LAXMI SUNRISE BANK

महाशिवरात्रिः पशुपतिनाथमा साधुसन्त र भक्तजनको थेगिनसक्नु भीड… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । 

पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । 

यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ आज महाशिवरात्रि पशुपतिनाथ दर्शन गर्न  साधुसन्तहरूको चहलपहल बढेको छ ।

मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK