Skip to content
LAXMI SUNRISE BANK

रास्वपाको ‘बाचा पत्र’: गैर-आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज बनाइने, पूँजी बजारबारे अरु के छन् ?

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बाचा पत्र’ सार्वजनिक गरेको छ । रास्वपाले सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा बिहीबार ‘बाचा पत्र’ पनि सार्वजनिक गरेको हो ।

‘बाचा पत्र’मा रास्वपा पूँजी बजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, म्युचुअल फन्ड आदि संस्थाहरुलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, रास्वपाले वर्षौंदेखि रोकिएको गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोकार गर्न सहज नीति तर्जुमा गर्ने पनि घोषणा गरेको छ ।

साथै वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्ने र विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरुको विकास गरी पूँजी बजारलाई आधुनिक र विविधीकृत बनाउने पनि रास्वपाले ‘बाचा पत्र’मा उल्लेख गरेको छ ।

त्यस्तै, साना लगानीकर्ताहरुको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरुको वित्तीय विवरणको पारदर्शीता र सुशासन सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्ने पनि रास्वपाले बाचा गरेको छ ।

रास्वपाले बाचा पत्रमा पूँजी बजारलाई केवल काठमाडौँ केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुर्याउँदै पूँजी बजारलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पूँजी निर्माणको प्रमुख आधारका रुपमा विकास गर्ने पनि उल्लेख गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK