काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. ११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने चन्द्रकला सापकोटा दाहाल पक्राउ परेकी हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन ८ गते पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार रुपैयाँ ठगी गरेर सम्पर्क विहिन भएकी थिईन् ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्