Skip to content
LAXMI SUNRISE BANK

ओलीले भने- ‘सरकारी जागिरको भर नपरौँ, उद्यमशीलतामा लागौँ’

अर्थ सरोकार

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी जागिरको भर पर्नुको साटो उद्यमशीलतामा लाग्न सुझाव दिएका छन् । झापा-५ मा आयोजित ‘निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित रुपान्तरण’ विषयक संवाद कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । 

उनले युवाहरुलाई लोकसेवा र सरकारी जागिरको मात्र पछि नलाग्न बरु उद्यमशीलतामा लाग्न सुझाव दिएका छन् । 

‘सरकारी जागिरमा सिट सीमित हुन्छ, धेरैले जाँच दिन्छन् । प्रहरी वा अन्य जागिरमा सानो निहुँ खोजेर फालिन्छ ।’, उनले भने, ‘त्यसैले हामी सिर्जनात्मक बनौँ, उद्यमशीलता सुरु गरौँ ।’ 

उनले सरकारले युवाहरूलाई बिना धितो २५ लाख र महिलाहरूलाई १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने व्यवस्था गरेको स्मरण गराउँदै सानो पूँजीबाट पनि ठूलो व्यवसाय खडा गर्न सकिने बताएका छन् । कोभिडको समयमा झापाकै एक युवाले मास्क उत्पादन सुरु गरेर अहिले दर्जनौँलाई रोजगारी दिएको उदाहरण ओलीले सुनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK