Skip to content
LAXMI SUNRISE BANK

ऋणी एशोसिएसनका संयोजक देवी संग्रौला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । देवी संग्रौला पक्राउ परेका छन् । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसनका संयोजक संग्रौला पक्राउ परेका हुन् । 

उनलाई प्रहरीले शनिबार साँझ काठमाडौँको बिजुली बजारबाट पक्राउ गरेको हो ।

दुर्गा प्रसाईंको रिहाईको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको र आन्दोलन गर्ने तयारी गरेको भन्दै संग्रौलालाई पक्राउ गरिएको बताइएको छ । यद्यपि प्रहरीले पक्राउको कारण भने खुलाएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK