Skip to content
LAXMI SUNRISE BANK

खान नमिल्ने वस्तु उत्पादन गर्ने दुई फर्म कारवाहीमा, १० हजारदेखि २ लाखसम्म जरिवाना तिराइयो

अर्थ सरोकार

काठमाडौँ । नियमित बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ । विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरु लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितीमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK