Skip to content
LAXMI SUNRISE BANK

चुनावको मुखमा उपचारका लागि सिंगापुर उडे शेर बहादुर देउवा

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवा सिंगापुर गएका छन् । उपचारका लागि भन्दै देउवा सिंगापुर गएका हुन् ।

उनी बुधबार नै सिंगापुर एयरलाइन्सको जहाजबाट सिंगापुर गएको बताइएको छ । स्रोतका अनुसार देउवासँग अन्य केही व्यक्ति पनि सिंगापुर गएका छन् ।

जेन–जी आन्दोलनका क्रममा देउवामाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराउँदै आएका थिए । हाल सोही शिलशिलामा उनी सिंगापुर गएका उनी निकट स्रोतले बताएको छ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टीको सभापति चयन भएपछि देउवा सक्रिय राजनीतिबाट निष्क्रिय भएका थिए । तर, चुनावको मुखैमा उनी सिंगापुर गएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK