काठमाडौँ । ब्रिजवाटर इण्टरनेशनल कलेज, सिनामंगल काठमाडौँले वार्षिक ‘फुड फेष्टिबल २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ । कक्षा ११ र १२ मा होटल म्यानेज्मेण्ट विषय लिई अध्ययनरत विद्यार्थीहरुको अगुवाइमा सम्पन्न ‘बाइट एण्ड डिलाइट फेष्ट’ नाम दिइएको सो एक दिने कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन जिल्ला होटल संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले गरेका थिए । कलेज परिसरमा आयोजित सो कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य कृष्ण पौडेलले गरेका थिए । विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई एकै स्थानमा समेट्दै स्वाद, मनोरञ्जन र सांस्कृतिक गतिविधिको एकीकृत अनुभव गराउनु महोत्सवको उद्देश्य रहेको थियो ।
यस वर्षको मेलामा विद्यार्थी आँफैले तयार पारेका विभिन्न २६ परिकारहरुका १३ वटा स्टल राखिएका थिए । जसमा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको विविधता प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता र पाककला कौशल देखाउँदै बारा, छोएला, मेक्सिकन कर्नकप, स्याण्डविच पप, दही पापडी, पीङ्गर फ्रायर्स, स्याफाले, लाफिङ, म:म, पास्ता, सुशी, पिज्जा, चटपटे, पानी-पुरी, चुकाउनी, मिक्स्ड फ्रुट योगर्ट, रेन्बो कप, सलाद, लगायतका परिकारहरू तयार पारेका थिए ।
प्रत्येक स्टलमा विद्यार्थीहरूको टोलीले ग्राहकलाई स्वागत गर्दै परिकारको उत्पत्ति, बनाउने तरिका र विशेषता बारे जानकारी पनि दिएका थिए, जसले कार्यक्रमलाई केवल स्वादको अनुभव मात्र नभई शैक्षिक स्वरूप पनि प्रदान गरेको थियो ।

फेष्टिबलमा ‘कुकिङ शो’, सांस्कृतिक प्रस्तुति’, ‘फुड टेस्टीङ, ‘फन गेम्स’ र फोटोग्राफीका गतिविधिहरूले सहभागीहरूको उत्साह उच्च बनाएको थियो ।
उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा हेटल संघ काठमाण्डुका अध्यक्ष सुरेश बरालले विद्यार्थीहरुले आफ्नो सिप र कौशलको सामर्थ्यले स्वदेशमा नै अनन्त सम्भावना छ र पर्यटन क्षेत्र नेपालको गौरव भएको कुरा बताए । स्थानीय परिकारको मौलिकता र प्रचारले नेपालप्रति विदेशीहरुको आकर्षण झनै विस्तार र व्यापक गराउने कुरातर्फ हामीले काम गर्नु विषयमा उनले जोड दिएका थिए ।
कलेज प्रचार्य कृष्ण पौडेलले मुख्य अतिथिलाई धन्यवाद र मायाको चिनो प्रदान गर्दै भने, ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई केवल कक्षाकोठाभित्रको ज्ञानमा सीमित नराखी, जीवनका विभिन्न सीपहरू सिकाउने हो। फुड फेष्टिबल जस्ता कार्यक्रमहरूले नेतृत्व क्षमता, सामूहिक भावना, उद्यमशीलता र सांस्कृतिक सम्मानको भावना विकास गर्न मद्दत पुर्याउँछन्।’
ब्रिजवाटर इण्टरनेशनल कलेजले यस्ता सिर्जनात्मक, शैक्षिक र सामुदायिक कार्यक्रमहरूलाई आगामी वर्षहरूमा अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना बनाएको छ । कलेज प्रशासनले अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय समुदायलाई निरन्तर समर्थन र सहभागिताका लागि धन्यवाद ज्ञापन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्