काठमाडौँ । आउनुहोस्, खुलेर सुशिला कार्की आमालाई साधुवाद भनौँ । उनको साहस, दृढता र संकल्पलाई खुलेर सलाम गरौँ । कलिला केटाकेटी मारेर घरको बा मानिएको अहंकारी ब्वाँसो जंगल छोडेर भागेपछि आफ्ना सन्तानलाई जोगाउन आमा सिंहले संघर्ष गरेजस्तै, देश अभिभावकबिहीन हुँदा सुशिला कार्कीले गरेको निर्वाचनको अदम्य साहस तारिफयोग्य छ ।
आफ्ना कथित बाले डकार्दा पनि बसाएको गफ दिने झोलेहरुले विरोध गर्दा पनि सुशिला आमा रोकिनुभएन । फागुन २१ गते चुनाव भए कति ज्योतिष नाममा जोगीहरुले मुखमा पिसाव फेरिदिनु भन्ने कसम खाए, कतिले राजनीतिबाट सन्यास लिन्छु भने । तर, फागुन २१ गते चुनाव भए राजनीतिबाट सन्यास लिन्छु भन्नेहरु नै उम्मेदवार भए, कुनै हालतमा फागुन २१ गते चुनाव हुँदैन भन्नेहरुले नै यो चुनाव महत्वपूर्ण छ भनेर स्वीकारे, देश र जनताले खुलेरै मतदान गरे र अन्तत: सकिएको छ मतदान । अव बाँकी छ त परिवर्तनकारी मतको पेटिका खोल्न, जसले बदल्नेछ देश र खुल्ने छ समृद्धिको ढोका ।
भन्नेहरुले त यो सरकारले के गर्यो भन्लान्, तर सुशिला आमाको म्यान्डेट बस् चुनाव गर्नु थियो, र उनले त्यहि गरिन् । दोबाटोमा पुगेपछि साथी नामका बेवेकुफहरुले धोका दिएजसरी चुनावी सरकारमा गएर चुनाव गर्न छोडेर कति आफ्नै पारामा हिडिदिए । तर पनि सुशिला आमा निर्भीक भएर चुनाव गराउनमै लागिन् र अन्तत उनी पास भएकी छिन । पास मात्र होइन, ए प्लस ग्रेड ल्याएर पास भएकी छिन् ।
धेरै भएको थियो, प्रधानमन्त्रीलाई खुलेर धन्यवाद भन्न पाइएको थिएन । आज सुशिला कार्कीलाई खुलेरै धन्यवाद भन्न रतिभर पनि हिच्किचाउनु नपर्ने अवस्था आएको छ । फेरी पनि बधाई फेरी सलाम ! सुशिला कार्कीलाई ।
सँगै धन्यवाद गृहमन्त्री ओम प्रकाश अर्याललाई जसले सबै साथीभाईले छोडेर जाँदा पनि बिग्रेको घर बनाउने मेलो छोडेनन् । र गराएरै छाडे चुनाव । धन्यवाद नेपाली सेनालाई, धन्यवाद नेपाल प्रहरी, ससस्त्र प्रहरी, निर्वाचन आयोग, र निर्वाचनमा सहयोग गर्ने सबैसबैलाई । सँगै धन्यवाद सबै राजनीतिक दल र मतदाताहरुलाई ।
आशा गरौँ अव यो देशमा कलिला केटाकेटीहरुलाई ताकिताकी मारिने छैन । कसैको सनकका भरमा बन्द गरिनेछैनन् जनताका आवाजहरु, फेसबुक, युट्य़ुब ट्वीटर वा यस्तै सामाजिक संजालका अनेक रुपहरु । आशा गरौँ अव झोलेहरुका दिन सकिनेछन् । आशा गरौँ, अव नियुक्तिमा करोड करोडको ब्रिफकेस बुझाउनुपर्ने छैन । आशा गरौँ, रोकिनेछ भ्रष्टाचार, र अनियमितता ।
अव सुशिला आमाले देशलाई निर्वाचित सरकारको काँधमा छोडेर प्रधानमन्त्रीबाट बिदा हुँदैछिन् । उनी विदा हुँदै गर्दा सबैले भनिरहेका छन् ! सलाम सुशिला आमा, सलाम प्रधानमन्त्रीज्यू । देशले यस्तै स्याब्बास भन्ने प्रधानमन्त्री पावस । हामी सबैलाई शुभकामना ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्