Skip to content
LAXMI SUNRISE BANK

कालोसूचीमा परेको भन्दै उम्मेदवारी नै खारेज भएका रास्वपाका उम्मेदवार १३ हजार मतले अगाडी !

अर्थ सरोकार

काठमाडौँ । धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ हजार बढी मतले अग्रता लिएको छ । उम्मेदवारी नै खारेज भए पनि जनताले घण्टीमै भोट हालेपछि धनुषा-१ मा रास्वपाले अग्रता लिएको हो ।

बैंकको कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले फागुन १८ गते रास्वपाका उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी नै खारेज गर्ने आयोगको निर्णयविरुद्ध शाह सर्वोच्च अदालत गएका छन् । 

तर, सर्वोच्चको फैसला आइनसकेको र धनुषा-१ मा उम्मेदवारी नै खारेज भएका शाहको मत प्रतिद्वन्दीको भन्दा १३ हजार बढी आएपछि मतगणनाको परिणाम कस्तो आउँछ ? भन्नेमै अन्योलता देखिएको छ ।

यता आयोगले घण्टीको मतलाई छुट्टै लगत राख्दै गणना गर्न निर्देशन दिएको छ । सोही अनुसार मतगणना भइरहेको छ । आयोगका अनुसार घण्टी चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएका मतपत्र बाहेकका मतपत्रको गणनाका आधारमा परिणाम सार्वजनिक गरिनेछ । रास्वपापछि धनुषा-१ नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव दोस्रो स्थानमा छन् । काँग्रेस तेस्रो स्थानमा छ भने एमाले चौथो स्थानमा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK