काठमाडौँ । देश घण्टीमय भएका बेला सेयर बजारमा पनि ‘घण्टी बुलिस’को संकेत देखिएको छ । देशभर परिवर्तनको टीङ्ग टीङ्ग आवाज बज्दा सेयर बजारमा बुम बुमको माहोल सुरु भएको छ । चुनावपछि खुलेको बजारमा ६ प्रतिशतको बढोत्तरीपछि सर्किट ब्रेक लागेर बजार बन्द भएको छ । यसको अर्थ, बजारमा लगानीकर्ताहरु झुम्मिएका छन् । सधैं सरकार गिर्छ भन्ने पीरले प्यानिक हुने लगानीकर्तामा आशाको नयाँ सञ्चार भएको छ ।
सेयर बजार घट्नुका मुख्य कारणमै सरकारको अस्थिरता पर्छ । अव त्यो अस्थिरता नदेखिने प्रष्ट भएपछि लगानीकर्ताहरु उत्साहित छन् । बजारमा ब्याजदर यसै पनि कम छ, त्यता धेरै सोच्नै परेन । बजारमैत्री कानुन बन्छ भन्ने कुरामा पनि कुनै शंका रहेन । किनकि सरकारमा रास्वपा छ, कानुन संसोधन हुन सक्ने प्रष्ट शक्ति छ । कसैले भित्र भित्रै अनियमितता गरे पाता कस्ने काम हुने कुरामा शंका नगरिहाल्दा हुन्छ । सेयर बजारबारे खुलेरै भन्न सक्ने, बोल्न सक्ने, सुझाव दिन सक्ने हरि ढकाल, बिराजभक्त श्रेष्ठ लगायतका सांसदहरु शक्तिशाली सरकारमा साक्षी छन् । अनि त अहिले नबढेको मनोबल, कहिले बढ्ला र ? मनोबल बढे पछि नै हो यसरी बजार बढेको ।
सेयर बजारका समस्याहरु अव एक एक गरी समाधान हुने कुरामा कुनै शंका छैन । सत्ताको झेल र खेल तत्कालका लागि सम्भव नै छैन । त्यसैले पनि लगानीकर्ता उत्सुक भएका छन् । प्रष्ट जनमत पाएका हरुले अव बजार मैत्री बनाउने कुरामा शंका छैन । नेप्से र धितोपत्र बोर्डमा भईरहेको भ्रष्टाचार रोक्न सरकारले कुनै कसर राख्ने छैन । भित्री कारोबार गर्नेलाई कारवाही गर्ने कुरा त रास्वपाले बाचापत्रमै लेखिसकेको छ ।
यसको अर्थ फेरी सेयर बजारमा उधुम पैसा कमाउने समय हो यो भन्ने चाहिं होइन है । सेयर बजार जोखिमको क्षेत्र हो । यसमा नबुझी पैसा हाल्नु हुँदैन । अध्ययन गरेर, बुझेर मात्र लगानी गर्नुपर्छ । अघिल्ला सरकारका बेला शक्तिको आडमा पैसाको दम्भमा झण्डीमार कम्पनीहरुलाई आइपीओ दिलाएर लिष्टिङ गराएका छन्, त्यसतर्फ तपाईं हामी सचेत हुनुपर्छ । सेयर बजारमा डरका बेला प्रवेश गर्ने र उत्साह धेरै हुँदा निस्किने प्रवृतिका स्मार्ट लगानीकर्ता पनि छन्, त्यसैले त्यसतर्फ पनि ख्याल गर्नुहोला । बाँकी त इक्षा तपाईंको पैसा तपाईंको । कमाए नाफा तपाईंको, गुमाए घाटा पनि तपाईंको । आगे तपाईंकै मर्जी ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्