काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थिर सरकार बन्ने पक्का भएपछि सोमबार सेयर बजारमा पोजेटिभ सर्किट लाग्यो । ६ प्रतिशतले बजार बढेपछि आजका लागि सेयर बजार बन्द भएको छ ।
रास्वपाको स्थिर सरकार बन्ने भएपछि लगानीकर्ताको मनोबल बढेकै कारण सेयर बजारमा पोजेटिभ सर्किट लागेको लगानीकर्ताको भनाई छ ।
यहीबीच हामीले सेयर बजारका प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानालाई सेयर बजारमा देखिएको पोजेटिभ सर्किट, त्यसको प्रभाव र बजार बलियो बनाउन आगामी सरकारले के गर्नुपर्छ भनेर सोधेका छौँ । यस्तो छ ढुंगानासँग गरिएको कुराकानीको सम्पदित अंशः
आजको बढोत्तरी स्वभाविक कि अस्वभाविक ?
आजको बढोत्तरी स्वभाविक हो । लगानीकर्ताले स्थिर सरकार आयो भने नीति पनि स्थिर हुन्छन् र बजार मैत्री नीति आउँछन् भन्ने अपेक्षा गरेका थिए । त्यही अनुसार स्थिर सरकार बन्ने पक्का भयो । सबै कुरा पोजेटिभ हुँदा हुँदै पनि कस्तो सरकार बन्छ ? भन्ने कुराले लगानीकर्ता अन्योल थिए । तर, अब कुनै बाहना रहेन । त्यसैले पनि लगानीकर्ताको मनोबल उच्च हुँदा मार्केट नै हल्ट भयो । तर, मार्केट हल्ट हुनु मात्र ठूलो कुरा होइन । मार्केट सस्टेन हुन्छ वा हुँदैन भन्ने कुरा महत्वपूर्ण हो ।
बजारले बुलिस यात्रा तय गरेको हो ?
बजारले बुलिया यात्रा पहिले नै तय गरिसकेको हो । यसअघि देखिएको अन्योल बुलिसभित्रको साइडवेज हो । त्यो साइडवेज कतिसम्म लम्बिन्छ ? भन्ने दुविधा थियो तर अब मार्केट दुविधामा छैन भन्ने आजको पोजेटिभ सर्किटले निर्क्यौल गरेको छ ।
बजार बढेका बेला ठूलाले बेच्छन्, लगानीकर्ता फेरि ट्रयापमा पर्ने त होइनन् ?
ठूला लगानीकर्ताले वा ठूलो कित्ता बेच्न सकिने यस्तै माहोलमा हो । तर, यो माहोल भनेको सर्ट टम माहोल होइन । यस्तो बेलामा ठूला लगानीकर्ताले माहोल खोजिहाल्छन् भन्ने लाग्दैन । उनीहरु पनि अब नयाँ स्ट्रयाटिजीसहित अघि बढ्छन् ।
सरकारले के गर्नुपर्ला ?
पहिलो कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले सेयर बजारबारे आफ्नो बाचा पत्रमा राखेका कुरालाई नै टाइम लाइन बनाएर काम गर्नुपर्छ, बजारमा देखिएका विसंगती न्यूनिकरण गर्नेतर्फ सोच्नुपर्छ, धितोपत्र बोर्डहरुमा भएका नियुक्तिहरु ठिक थिए कि थिएनन् भन्ने कुरालाई पनि पुनर्मूल्यांक गर्नुपर्छ र बाचा पत्रमा लेखिएका तत्कालै गर्नुपर्ने काम गरेर हामी काम गर्दैछौँ भन्ने देखाउनुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्