Skip to content
LAXMI SUNRISE BANK

समानुपातिकतर्फ १ करोड २ लाख ५३ मतगणना, ४९ लाख मतसहित रास्वपा अग्रस्थानमा, दुई-तिहाई पुग्ला ?

अर्थ सरोकार

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली काँग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले) ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK