काठमाडौँ । निरज भट्टले ‘सक्षम नागरिक-समृद्ध डडेल्धुरा’ अभियानको घोषणा गरेका छन् । डडेल्धुराका स्थानीय नागरिकसमेत रहेका भट्टले ‘देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरुको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन’ भन्ने नारासहित उक्त अभियानको घोषणा गरेका हुन् ।
अभियान घोषणा गर्दै भट्टले २०८३ बैशाखदेखि प्रत्येक महिनाको १ गते विज्ञ, प्रशिक्षक तथा अनुभवी व्यक्तिहरुको सहभागितामा ३ घण्टा निःशुल्क ‘भर्चुअल अभिमुखीकरण कार्यक्रम’ सञ्चालन गर्ने जानकारी दिएका छन् ।
कार्यक्रम बेलुका ६ बजेदेखि ९ बजेसम्म हुनेछ । कार्यक्रम आफ्नो व्यक्तिगत लगानी र नेतृत्वमा हुने भट्टले बताएका छन् । भट्टका अनुसार उक्त कार्यक्रम राजनीतिक कार्यक्रम नभएर डडेल्धुरामा सक्षम नागरिक निर्माण गर्ने उद्देश्यले एक जिम्मेवार नागरिकको पहल मात्र हो ।
कार्यक्रममा डडेल्धुराका मतदाता मात्र सहभागी हुनेछन् भने कार्यक्रमका रेकर्डेड हुनेछ । कार्यक्रमका भिडियोहरू युट्युबमार्फत सार्वजनिक गरिनेछन । त्यसले देशभरका नागरिकलाई पनि जानकारी लिन मद्दत पुग्ने भट्टको भनाई छ ।
अभियान अन्तर्गत २०८३ सालभर विभिन्न विषयमा मासिक कार्यक्रम सञ्चालन गरिनेछ । बैशाख १ गते उद्यमशीलता तथा स्थानीय उत्पादन प्रवद्र्धन, साना–मझौला तथा घरेलु उद्योगको विकास, ब्रान्डिङ र बजारिकरणका विषयमा कार्यक्रम हुनेछ । जेठ १ गते आधुनिक तथा व्यवसायिक कृषि, युवालाई कृषितर्फ आकर्षित गर्ने उपाय तथा ‘आफ्नै माटोमा सम्भावना छ’ अभियानबारे छलफल हुनेछ । असार १ गते गुणस्तरीय शिक्षा र अभिभावकको भूमिका, विद्यार्थीको भविष्य निर्माणमा अभिभावक, शिक्षक र विद्यालयको जिम्मेवारीबारे अभिमुखीकरण हुनेछ । साउन १ गते डडेल्धुराको पर्यटन सम्भावना, स्थानीय पर्यटन प्रवद्र्धन र पर्यटनबाट आय आर्जनका अवसरबारे कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै, भदौ १ गते स्वास्थ्य, जीवनशैली र वातावरण सम्बन्धी सचेतना, स्वस्थ खानपान, मानसिक स्वास्थ्य, सरसफाइ तथा जलवायु परिवर्तनका विषयमा छलफल हुनेछ भने असोज १ गते Civic Sense, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा जिम्मेवार नागरिक निर्माणमा युवाको भूमिकाबारे कार्यक्रम हुनेछ । कात्तिक १ गते डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग, प्रविधिको सही उपयोगका विषयमा कार्यक्रम आयोजना गरिनेछ । मंसिर १ गते संविधान, नागरिक अधिकार र लोकतन्त्रमा नागरिकको भूमिकाबारे राजनीतिक तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै, पुस १ गते Smart Village/Smart Community Concept तथा गाउँमै अवसर सिर्जना गर्ने उपायबारे कार्यक्रम हुनेछ । माघ १ गते Digital Economy र Online Income Opportunities विषयमा डिजिटल माध्यमबाट आय आर्जनका सम्भावनाबारे जानकारी दिइनेछ ।
फागुन १ गते बैंक, बीमा, शेयर बजार र समग्र वित्तीय व्यवस्थापनबारे वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिनेछ । चैत १ गते महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ । भट्टका अनुसार अभियानको पहिलो वर्षका १२ वटै कार्यक्रम पूर्ण रूपमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछन् र सहभागीका लागि पूर्णतः निशुल्क रहनेछन्। अभियानले डडेल्धुरामा सचेत, सक्षम र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्