Skip to content
LAXMI SUNRISE BANK

मंगलबार नेप्से ३२.०८ अंकले घट्यो, कारोबार रकम कति ?

अर्थ सरोकार

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २९ कम्पनीको ५२ करोड ७१ लाख १ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर कम्पनीको भएको छ ।

त्यस्तै, आजको बजारमा रिलाएन्स स्पिनिङ्ग मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।

यता, हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK