Skip to content
LAXMI SUNRISE BANK

ग्यास लुकाएर कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

अर्थ सरोकार

काठमाडौँ । ग्यासको कृतिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाहीको माग गरिएको छ । प्रेस विज्ञप्ति जारी गर्दै ग्यास बिक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृतिम अभाव देखाएर तोकिएको मूल्य भन्दा बढीमा ग्यास बेच्नेलाई कारवाही गर्न माग गरेको हो । 

महासंघले बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मध्यपूर्गमा देखिएको अशान्तिका कारण उपभोक्तामा भविष्यमा ग्यास नपाइने चिन्ता हुनु स्वभाविक भएको भन्दै यही परिस्थितिमा तोकिएको मूल्य भन्दा बढीमा ग्यास बिक्री गर्नु अपराध भएको महासंघको ठहर छ । 

त्यस्तै, महासंघले देशभरका आमबिक्रेतालाई कुनै पनि गैरकानूनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न पनि अपिल गरेको छ । साथै संकटका बेलामा उपभोक्ता ठग्नेहरुको पहिचान गरी कडा कारवाही गर्न पनि महासंघले माग गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK