काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित सिटिजन्स लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रहेको पाइएको छ । भक्तपुर-१ बाट निर्वाचित रञ्जित सिटिजन्स लाइफका एजेन्सी म्यानेजर रहेको पाइएको हो । उनी लामो समयदेखि बीमा क्षेत्रमा कार्यरत छन् ।
उनी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई हराउँदै निर्वाचित भएका हुन् ।
रञ्जितले कुल ३३ हजार ४ सय ३६ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी सुवालले २८ हजार १ सय ७८ मत पाएका थिए । रञ्जितले सुवाललाई ५ हजार २ सय ८९ मतले पराजित गरेका हुन् ।
त्यस्तै, नेपाली काँग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२ र एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७ सय २१ मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरत खड्काले २ हजार ४ सय ७२ मत पाउँदा नेकपा हरिराज लवजुले ११ सय ७७ मत पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्