
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबार एक्सेल डेभलपमेन्ट बैंकको ३ कम्पनीको संस्थापाक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र यूनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ कम्पनिको सेयर लिलामीमा बिक्री खुल्ल्ला गरेको हो । इच्छुक लगानिकर्ताले आज कार्यालय समयभित्र आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ कायम गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन् । विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेन्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदनकर्ताले पनि आवेदन दिन सक्नेछन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्