×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनै पूर्णिमाका फरक दृश्य : मास्क नलगाउने भक्तजनलाई उभ्याइयो, जनै बाँड्ने बाजेलाई प्रहरीले समात्यो ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनै पूर्णिमाका फरक दृश्य : मास्क नलगाउने भक्तजनलाई उभ्याइयो, जनै बाँड्ने बाजेलाई प्रहरीले समात्यो ! (फोटो-कथा)

Artha Sarokar

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज जनै पूर्णिमा । अर्थात रक्षा बन्धन । तर हरेक बर्षजस्तो देखिने दृश्यभन्दा फरक छन् काठमाडौँका मन्दिरहरु, मन्दिर परिसर । कसैलाई पनि मन्दिर प्रवेश गर्न दिइएको छैन । घर-घर पुगेर जनै र डोरो बाँध्न खोज्ने पुरोहित बाजेलाई महादेवस्थानमा स्थानीयले लखेटेका छन् । 
यता उक्त घरका घरभेटीलाई पनि यस्तो काम गर्न दिएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् । ‘ती बाजे र घरभेटी दुबैलाई क्वारेन्टाइनमा लैजानुपर्छ ।’एक स्थानीयले आक्रोशित हुँदै भने, ‘यो बर्ष ती बाजेले व्यापार नचलाए हुन्न ? मान्छेको ज्यान ठुलो कि तिनको दक्षीणा’ ? 
यता महादेवस्थान परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । मास्क नलगाई हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी