- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार सुनचाँदी को मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् ।
यता, चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) १० ग्राम सुनको मूल्य ८५ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।