Skip to content
LAXMI SUNRISE BANK

पेट्रोल र मट्टीतेलको भाउ बढ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइतबारदेखि लागु हुनेगरी पेट्रोल र मट्टीतेलको भाउ बढेको छ ।  नेपाल अयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाएको हो ।  निगमका प्रवक्ता विनितमणी उपाध्ययले पेट्रोल र मट्टीतेलको भाउ बढेको पुष्टी गरेका छन् । 
नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ । अगष्ट एकमा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK