Skip to content
LAXMI SUNRISE BANK

मोरङमा मास्क नलगाई हिँड्नेलाई १ महिना कैद सजाय हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मोरङमा मास्क नलगाई हिँड्नेलाई १ महिनासम्म कैद सजाय गरिने भएको छ । पछिल्लो समय मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको विषयमा रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न मास्क अनिवार्य गरिएको हो । कोरोना संकट व्यवस्थापन केन्द्र मोरङको बैठकले अब घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन र सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारणका लागि नियम बनाएको हो। 
यो नियम उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK