×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न बैंक तथा वित्त संस्था खोज्दै नेपाल राष्ट्र बैंक !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न बैंक तथा वित्त संस्था खोज्दै नेपाल राष्ट्र बैंक !

Artha Sarokar

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ करोड रुपैयाँ बराबर रुपैयाँको मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ । राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम तीन वर्गका बैंकहरूलाई मुद्दती निक्षेपका लागि आवेदन आह्वान गरेको हो ।
जसमा राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २० करोड ८० लाख, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ९० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले भदौ १ देखि २०७८ जेठ १ गतेसम्म २७२ दिनको मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ १९ गतेभित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी