काठमाडौँ । विश्वविद्यालयहरुले विद्यार्थी संगठनहरुलाई कार्यालय सञ्चालनका लागि कोठा/भवन/जमिन नदिने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरलसमेतको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरुले यस्तो निर्णय गरेका हुन् ।
विश्वविद्यालयको परिसर भित्र विद्यार्थी संगठनका ब्यानर, झण्डा, भित्ते लेखन लगायतका सामाग्री नराख्न र राखेको भए तत्काल हटाउने पनि निर्णय गरिएको छ ।
त्यस्तै, विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थी संगठनको सम्बन्धमा कुनै कानूनी व्यवस्था गरिएको भए ती नियम खारेजीका लागि तीन महलको प्रस्ताव तयार गरेर तत्काल आयोगमार्फत शिक्षा मन्त्रालयमा पेश गर्ने पनि निर्णय भएको छ ।
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गरी स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट वा यस्तै प्रकारको विद्यार्थीको हितका लागि कार्य गर्ने संयन्त्रको विकास तथा स्थापना गर्ने निर्णय भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्