काठमाडौँ । व्यवसायी दीपक भट्टले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको खुलासा भएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धानबाट व्यवसायी भट्टले कृत्रिम रुपमा सेयरको मूल्य बढाउन चलखेल गरेको निष्कर्ष निकालेको हो ।
भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार बोर्डले अनुसन्धान अघि बढाएको थियो ।
उक्त अनुसन्धानले भृकुटी स्टक ब्रोकर (ब्रोकर नम्बर ५५) सँगको मिलेमतोमा इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको निष्कर्ष निकालेको हो । उक्त कार्यमा व्यवसायीहरु सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र शेखर गोल्छासमेतको संलग्नता देखिएको अनुसन्धानले देखाएको छ ।
यतिसम्म कि ब्रोकर नम्बर ५५ सँगको मिलेमतोमा भट्ट लगायतलाई उधारोमा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद गर्न दिइएको पनि अनुसन्धानले देखाएको छ । २०८२ साउन ५ देखि चैत १ गतेसम्म भट्टलगायतले करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको देखिन्छ । जसमध्ये उनले ९३ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् । तर, उक्त समयमा भट्टले ब्रोकरलाई भने कुनै पनि रकम नतिरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
अर्कोतर्फ भट्ट र ब्रोकरको मिलेमतोमा बजारमा कृत्रिम माग सिर्जना गरिएको पनि अनुसन्धानबाट खुलेको छ । भट्टले इन्फिनिटी होल्डिङ्स, हिमालयन रि-इन्स्योरेन्स, हिमालयन क्यापसर्भ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको समन्वयमा उक्त योजना अघि बढाएको पनि बोर्डको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा भट्टले अन्य केही वित्तीय संस्था, फण्ड र व्यक्तिको पैसासमेत प्रयो गरेको देखिएको छ ।
बोर्डको अनुसन्धान प्रतिवेदन अनुसार भट्ट लगायतले नेपाल रि-इन्स्योरेन्सको मूल्य सेयर खरिद–बिक्री नै नगरी १ हजार ४ सय ६१ बाट १ हजार ८ सय ८६ सम्म पुर्याएका थिए । अर्कोतर्फ हिमालयन रि-इन्स्योरेन्सबाट १ हजार ८० रुपैयाँमा खरिद गरेको ऋणपत्र भट्टले आफ्नै स्वामित्व रहेका गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफलाई १ हजार १ सय ८५ रुपैयाँमा भिडाएकोसमेत अनुसन्धानबाट खुलेको छ ।
बोर्डले गरेको अनुसन्धानमा भट्ट लगायतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र ९८ अनुसार (बजारमा भ्रम सिर्जना गर्ने, कृत्रिम मूल्य बढाउने, लगानीकर्ता झुक्याउने) को कसुर गरेको दाबी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार चैत १७ गते अनुसन्धान गर्ने निर्णय गरेको बोर्डले जाँचबुझ अधिकृत दिपेश ताम्राकारको नेतृत्वमा समिति जाँचबुझ समिति गठन गरेको थियो । उक्त समितिले गरेको अनुसन्धान प्रतिवेदन बैशाख ३ गते नै बुझाइसकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्