Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आईएमई बैंकको एटिएम तोडफोड, एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आईएमई बैंकको एटिएम तोडफोड भएको छ । वैशाख १० गते राती काठमाडौँ महानगरपालिका वडा नं. २६ गोंगबु चोकमा रहेको बैंकको एटिएम मेसिन तोडफोड भएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले टोलिले एटिएम तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौँको असनमा बस्ने २१ वर्षीय सबिन नेपाली रहेका छन् । उनलाई प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

यसअघि नेपालीविरूद्द साइबर अपराध र चोरी कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको छ । उनी गत भदौको जेन-जी आन्दोलका क्रममा प्रहरी वित्त जनसेवाबाट फरार भएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK