×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दुई वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बुधबार २ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। नेपाल बैंक र सनराइज बैंकले नयाँ आज (श्रावण १४ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
नेपाल बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। बैंकमा २४ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ। यता, बैंकको मुद्दती खातामा व्यक्तिगतमा ३ महिनासम्म र ३ महिनादेखि ५ वर्षसम्म ७.२५ प्रतिशत ब्याज कायम गरेको छ। संस्थागत मुद्दती खातामा ३ महिनासम्म र ३ महिनादेखि ५ वर्षसम्म ६.५ प्रतिशत रहेको छ। बैदेशिक मुद्रा बचत खातामा २ प्रतिशतसम्म व्याजदर रहेको छ।
यस्तै, सनराइज बैंकले बचतमा न्युनतम २.५ प्रतिशत र अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेको छ। बैदेशिक मुद्रा बचत खातामा २ प्रतिशतसम्म व्याजदर रहेको छ। बैंकमा १५ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ। यता, सनराइज मह मुद्दती खातामा न्युनतम ७ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशतसम्म ब्याजदर कायम रहेको विवरणमा उल्लेख छ। 
बैंकले सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जामा १३.९५ प्रतिशत ब्याज तोकेको छ। बैंकको असोज मसान्तसम्मको आधार दर ८.९५ प्रतिशत रहेको छ ।
बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी