काठमाडौँ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि झण्डै ५० जनाको आवेदन परेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार हालसम्म बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन परेको हो ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि आह्वान गरिएको दरखास्तमा ४७ जनाले आवेदन दिएको यो पहिलोपटक हो ।
खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्ति गरिने भएसँगै यो संख्यामा आवेदन परेको अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ । यसअघि सन्तोषनारायण श्रेष्ठ अध्यक्ष हुँदा १९ जनाले आवेदन दिएका थिए ।
त्यसअघि रमेश हमाल बोर्डको अध्यक्ष नियुक्त हुने बेलामा १५ जनाले बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए । त्यस्तै, भीष्मराज ढुंगाना अध्यक्ष हुने बेलामा ८ जनाले मात्र अध्यक्षका लागि आवेदन दिएका थिए ।
यसपटक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सेयर बजारका लगानीकर्तासँगै विभिन्न क्षेत्रमा काम गरिरहेका र इन्जिनियर तथा आईटी क्षेत्रका व्यक्तिहरुले समेत आवेदन दिएका छन् । यद्यपि सेयर बजारलाई बुझेका र बजार सुधारका लागि विभिन्न समयमा रचनात्मक सुझावसँगै आवाज उठाउँदै आएका शिव चन्द्र अर्थात पुरुषोत्तमराज चिमरियाको सम्भानालाई बलियो रुपमा हेरिएको छ ।
बोर्ड मात्र होइन, खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएसँगै यसपटक अन्य निकायमा हुने नियुक्तिका लागि पनि आवेदन दिनेको संख्या बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्