काठमाडौँ । केहि दिन अघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओले आफु बैंक छोड्ने भन्दै संचालक समितिका सदस्यहरुलाई जानकारी दिए । केहि संचालकले स्मार्ट टेलिकमको केस चलिरहेकाले राजिनामा दिएको राम्रो भन्ने सुझाव दिए, त केहिले केहि दिन सोचौँ भने । परामर्शपछि उनले आफुले बैंक छोडेको जानकारी केहि संचालकलाई दिए । तिनै संचालकको भनाई उदृत गर्दै अर्थ सरोकारले पाण्डेले बैंक छाडेको खबर ब्रेक गर्यो ।
अर्थ सरोकारले पाण्डेले बैंक छोडेको खबर सार्वजनिक गर्यो । औपचारिक रुपमा राजिनामा भोलिपल्ट दिने भनिएकाले समाचारमा राजिनामा भन्ने उल्लेख नगर्नु भन्ने संचालकको अनुरोध थियो । तर बैंक छाडेको समाचार यति छिट्टै चर्चाको विषय बन्यो कि पाण्डेले तत्काल राजिनामा दिँदा गलत सन्देश जाने भन्दै राजिनामा रोकियो र बैंकले उनले राजिनामा नदिएको दाबीसहितको विज्ञप्तिसमेत जारी गर्यो ।
तर त्यसको भोलिपल्ट पाण्डे पक्राउ परेका छन् । पक्राउ परेपछि उनी स्वत: बैंकको सीइओमा निलम्बनमा परेका छन् । फौजदारी केसमा पक्राउ परेपछि सीइओ निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । राजिनामाको सेफल्याण्ड लिन खोज्दा उल्टै पाण्डे निलम्बनमा परेका छन् ।
आजै बैंकले आकस्मिक संचालक समितिको बैठक बसेर थप निर्णय गर्ने बैंकका संचालकले जानकारी दिएका छन् । ती संचालकका अनुसार केहि दिन कुर्ने, ब्याक डेटमै आएको राजिनामा स्वीकृत गर्ने वा कामु सीइओ नियुक्त गर्ने भन्ने विषयमा छलफल हुनेछ । बैठक अगाडी राष्ट्र बैंकसँग पनि बस्ने योजना रहेको ती संचालकको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper











प्रतिक्रिया दिनुहोस्