काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल पम्पहरुलाई सेवा र पूर्वाधार सुधार गर्न ७ दिने अल्टिमेटम दिएको छ । परिपत्र जारी गर्दै नियमले ७ प्रदेशका प्रादेशिक कार्यालय र डिपोहरुलाई सेवा र पूर्वाधार सुधार गर्न ७ दिने अल्टिमेटम दिएको हो ।
पेट्रोल पम्पहरुमा अत्याधिक फोहोर र सुरक्षा मापदण्ड कमजोर भएको गुनासो बढेपछि निगमले पेट्रोल पम्पहरुलाई सरसफाइ र आवश्यक पूर्वाधार सुधार गर्न निर्देशन दिएको छ ।
योसँगै अब पेट्रोल पम्पहरुले पेट्रोल पम्पमा अग्नि सुरक्षाका साधनहरु दुरुस्त राख्नुपर्ने भएको छ भने व्यवस्थित शौचालय र स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्नेछ भने नियमित रुपमा अनिवार्य सरसफाइ गर्नुपर्नेछ ।
त्यस्तै, पेट्रोल पम्पमा रहेका क्यानोपीहरुलाई दुरुस्त अवस्थामा राख्न, सम्पूर्ण संरचनामा रंङरोगन गर्न, सरसफाइ गर्न र पम्प परिसरमा हरियाली प्रवर्द्धन गर्नसमेत निगमले निर्देशन दिएको छ ।
निगमले जारी गरेको परिपत्रमा मूल्यसूची स्पष्ट देखिने गरी राख्न र निगमले दिएका निर्देशन ७ दिनभित्र कार्यान्वयन गरी सोको अनुगमन गरी जानकारी गराउन पनि निगमले निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्